सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल लेखामान बोर्डद्वारा जारी भई नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरूका लागि अनिवार्य गरेको नेपाल वित्तीय प्रतिवेदन मान (NFRS 17 Insurance Contracts) को प्रभावकारी कार्यान्वयनका लागि प्रतिष्ठित अन्तर्राष्ट्रिय परामर्शदाता संस्था KPMG India लाई परामर्शदाताका रूपमा नियुक्त गरेको छ।
उक्त सम्झौतापत्रमा सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत श्री पोषक राज पौडेल तथा KPMG India का साझेदारले हस्ताक्षर गर्नुभयो। यस कदमले कम्पनीको वित्तीय प्रतिवेदन, जोखिम व्यवस्थापन र पारदर्शितालाई विश्वस्तरीय बनाउने विश्वास लिइएको छ।