सिटिजन लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ५१ लाख सहयोग
देशमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि सिटिजन लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ५१ लाख सहयोग हस्तान्तरण गरिएको छ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभर अविरल वर्षाका कारण सिर्जित बाढी, पहिरो तथा डुबानबाट प्रभावित नागरिकहरूको मानवीय सहायता, खोज तथा उद्धार तथा पुनस्र्थापना कार्यमा ऐक्यबद्धता जनाउँदै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु. १ करोड ५१ लाखको चेक हस्तान्तरण गरेको छ।

कम्पनीका अध्यक्ष श्री प्रदिप जंग पाण्डे तथा प्रमुख कार्यकारी अधिकृत श्री पोषक राज पौडेलले संयुक्त रूपमा प्रधानमन्त्री निवास बालुवाटारमा उक्त चेक हस्तान्तरण गर्नुभएको हो। सामाजिक उत्तरदायित्व बहन गर्दै सिटिजन लाइफ सधैं नेपाली नागरिकहरूको सुख दुःखमा साथ रहन प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।


Share this article:

Related News

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर- नेपाल २०२५’ विधामा पुरस्कृत News
Aug 21, 2026 9
सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर- नेपाल २०२५’ विधामा पुरस्कृत

अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मेलनमा सिटिजन लाइफ इन्स्योरेन्सलाई नेपालको सर्वोत्कृष्ट जीवन बीमा कम्पनी विधामा सम्मान प्रदान गरिएको छ।